झापा, १६ चैत (रासस) ः नेपाल चिया विकास निगमको सात वटा चिया बगान र कारखाना सम्झौता गरी ५० वर्षका लागि भाडामा लिएको त्रिवेणी समूहले २२ वर्षदेखि राज्यलाई सम्पत्ति, मालपोत र व्यवसाय कर तिरेको छैन । विसं २०५७ असार १४ गते नेपाल सरकार र उक्त समूहका अध्यक्ष पुरुषोत्तमलाल साङ्घाइबीच निगम भाडामा लिनेदिनेसम्बन्धी सम्झौता भएको थियो । […]
बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार पहिले विकासका लािग बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको बताउनुभयो । “पहिले बजेट चाहियो भन्नुहुन्छ, हामीले बजेट हाल्दिन्छौँ”,उहाँले भन्नुभयो,“बजेट परेपछि कसैले जग्गा दिदैँनौँ भन्नुहुन्छ, कसैले केही भन्नुहुन्छ, अनि विकास रोकिन्छ ।” पछिल्लो […]
राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ । राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर सांसद मायाप्रसाद शर्माले मिटरब्याजको विषय सामन्ती राज्यप्रणालीको अवशेषका रुपमा रहेकाले त्यसलाई कानुनी र व्यावहारिक दुवै तवरले हल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजीलाई कारबाही कहिले गर्ने भन्दै सरकारसँग प्रश्न […]
महोत्तरी, १६ चैत (रासस) : फागुन मध्यदेखि नै महोत्तरीका वनक्षेत्रमा सुरु भएको डढेलो रोकिएको छैन । वनक्षेत्र पसेपछि जताततै डढेलोको खरानी र डढेका बुटाका ठुटा देखिन्छन् । लगातारको डढेलो र भर्खरका लाथ्रा (कलिला रुख) काटिने क्रम नरोकिँदा वनमा नयाँ बिरुवा देखिन छाडेका छन् । “डढेलोको पहिलो चपेटामा पर्ने नयाँ बुट्यान (भर्खरका बोट, लाथ्रा) हुन्, अनि […]
सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गर्नुभयो । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता, २०७४ को आवश्यक संशोधन […]
नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका […]
जिल्लामा पाँच ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । केही भर्खरै सञ्चालनमा आएका र केहीको निर्माण अन्तिम चरणमा पुगेका छन् । सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला हुन् । नदी–खोला किनारमा ठूलाठूला इनार बनाइ पानी सङ्कलन गर्ने र ‘लिफ्टििङ’ प्रविधिमार्फत डाँडामा पानी तानेर बस्तीमा वितरण गर्नेगरी आयोजनाका भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । गोर्खा भूकम्पले जिल्लामा […]
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभएको छ । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिनेछ भन्नुभयो । मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना […]
आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ । ‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको आह्वान’ भन्ने नारासहित प्रतियोगिता हुने भएको हो । नयाँ वर्षमा नयाँ सोचसँगै पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिता आयेजना गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो ।उहाँले स्वास्थ्य जीवनयापनका लागि […]
मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै […]
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ब्याज पीडितमाथि गरिएको शोषणविरुद्ध केन्द्र, नेपाल राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न एक विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको बताउनुभयो […]
जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्लाअध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो […]