ढुङ्गेछानो ढल्किएको छ, कोठाभित्रै छानोबाट प्रकाश आउँछ, पानी प¥यो भने विस्तारा पोको पार्नुपर्छ । चुहिने ढुङ्गेछानोमा पाल टाँगिएको छ । यो कष्टकरपूर्ण अवस्थामा बसेको नेपाल प्रहरीले जनताको सुरक्षामा खटिना कसरी सक्ला ? यो कन्तविजोक अवस्थामा गुजारा चलाउँदै आएको छ इलाका प्रहरी कार्यालय भीमगिठे । जीर्ण भीमगिठे माध्यामिक विद्यालयको भवनमा बस्दै आएको इलाका प्रहरी कार्यालय आफँै […]
म्याग्दीमा विकास निर्माणका योजनाको कार्यान्वयनमा ढिलासुस्ती हुँदा विकास बजेट खर्च न्यून भएको छ । स्थानीय सरकारका साथै सङ्घ र प्रदेश सरकारमार्फत सञ्चालन हुने विकास निर्माण योजनाको कार्यान्वनयमा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन फितलो देखिएको हो । चालु आर्थिक वर्ष २०७९÷८० को साढे सात महिनामा सङ्घ सरकारतर्फ सात दशमलव ४८ प्रतिशत र प्रदेश सरकारतर्फका कार्यालयको १८ दशमलव […]
तनहुँका कृषकले सरकारले आफूहरुको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकार उदासिन देखिए आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए । अण्डा उत्पादक कृषक खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको बताउनुभयो । जिल्लामा […]
गलेश्वर, २१ फागुन (रासस) : लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन् । बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताउनुभयो । “खडेरीका कारण गहुँबाली सुकेको छ भने […]
मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २४औँ वार्षिकोत्सवका अवसरमा रु पाँच लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई रू २ हजारका दरले एक लाख ८० हजार छात्रवृत्तिका लागि र सात विद्यालयलाई तीन लाख २० हजार बराबरको विज्ञान तथा […]
भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताउनुभयो […]
पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो । राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन […]
ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । सबै घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो । दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं.२ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उहाँले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले […]
जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई […]
होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर विगतका वर्षहरुमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ । मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय एवं डम्फू र मृदङ्गको तालमा जम्ने जोगिराको दलान देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब महोत्तरीसहितका मिथिलामा […]
पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका जिल्लाका […]