प्रदेश समाचार

‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताउनुभएको छ । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पार्नुभयो । नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव योसिमुरा केन्जीले आफूसँग गर्नुभएको भेटवार्ताका क्रममा नायव महानिरीक्षक गुरुङले नेपाल भ्रमणका […]

  • २ years अगाडि
बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

खोटाङ, १७ फागुन (रासस) : सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्नेगरी सुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त आयोजनाको काम ८६ […]

  • २ years अगाडि
हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठमा

हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठमा

हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले जनाएको छ […]

  • २ years अगाडि
करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी

करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । ब्यूरोले आज यहाँ पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरुमाथिको अनुसन्धान सकिएको जानकारी दियो । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी […]

  • २ years अगाडि
कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला

कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला

पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा खेती […]

  • २ years अगाडि
आरनका आधुनिक साधन वितरण

आरनका आधुनिक साधन वितरण

बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पङ्खा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो । उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आरनका साधन […]

  • २ years अगाडि
नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन

नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले निर्माणाधीन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिँदै सो टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिनुभयो । सन् २०१७ मा निर्माण भएको गुरुयोजनाका आधारमा नेपालगञ्जमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण थालिएको छ । रु तीन अर्ब लागतमा निर्माण हुन लागेको […]

  • २ years अगाडि
इसिएफअन्तर्गतका कार्यक्रमको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्दै मुद्राकोष

इसिएफअन्तर्गतका कार्यक्रमको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्दै मुद्राकोष

नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सहमत भएको छ । यही फागुन ३ देखि फागुन १६ गतेसम्म नेपाल भ्रमणमा रहेको मुद्राकोषको टोलीले इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । उक्त समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्राकोषले जनाएको छ । “इसिएफको पहिलो […]

  • २ years अगाडि
छानबिन सुरु

छानबिन सुरु

इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अधिकृत […]

  • २ years अगाडि
राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई

यहाँ सञ्चालन गरिएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसहित सिस्ने […]

  • २ years अगाडि
सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकै गएर सडक सुरक्षा […]

  • २ years अगाडि
फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

फागु पूर्णिमाको अवसरमा तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा फागुन २२ गते पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुन लागेको हो । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, छिम्केश्वरी युवा क्लब तथा आँबुखैरेनी–५ कार्यालयको सहआयोजनामा मेला हुन लागेको हो । मेलाको संरक्षकमा गाउँपालिका रहेको […]

  • २ years अगाडि

लोकप्रिये