काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले […]
महेन्द्रनगर । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले रु एक लाख २१ हजार नगद, ट्रफीसहित उपाधि जितेको हो […]
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा आउने विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । चालु आर्थिक वर्षमा १६ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको छ । चालु आवमा दर्ता भएका १६ र गत वर्षको जिम्मेवारी सरी आएका तीन गरी १९ विवाद न्यायिक समितिमा आएकामा ती मध्ये १६ विवाद समाधान गरिएका छन् । तीन विवादको छिनोफानो हुन […]
चितवन । सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । रु पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ […]
भक्तपुर । नाट्यकर्मी महासङ्घ नेपालको आयोजना तथा सांस्कृतिक संस्थान र प्याब्सनको सहआयोजनामा भएको राष्ट्रिय बाल नाटक मेला २०७९ मा निष्ट स्कुलको नाटक ‘पार्वती÷छोरीको मुन्डामा फोलि’ नामक नाटकले सर्वोत्कृष्ट नाटकको पुरस्कार हात पारेको छ । यहीँ फागुन ८ गतेदेखि मञ्चन भएका विभिन्न नाटकलाई पछाडि पार्दै निष्ट स्कुलको उक्त नाटकले रु एक लाख ३० हजार पुरस्कारसहित प्रमाणपत्र […]
झापा । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो । हरेक […]
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । कात्तिकदेखि […]
गलेश्वर । म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि विस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो । बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि औजार […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक सय १२ अग्निनियन्त्रक खटाउन लागेको हो । कर्णाली प्रदेश वन निर्देशनालयको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक कार्यक्रमअनुसार वन डढेलो नियन्त्रण दस्तानिमार्णका […]
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक […]
काठमाडौं । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ […]
डडेल्धुरा । डडेल्धुरामा चितुवाको हड्डीसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान […]