डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जना पक्राउ

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १४:२७
डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा चितुवाको हड्डीसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट