काठमाडौं । अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत बौद्ध, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
डुण्डुप तामाङले साँखुमा अमेरिकी डलर देखाई ४ लाख लुटपाट गरी फरार रहेको खुल्न आएको प्रहरीको आरोप छ ।