फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच बिहीबार भेटवार्ता भएको हो। उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढेको छ।