यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १६:४३
यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतसामु जितका लागि तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइेट अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन सय ४३ रन बनायो । विशाल रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले । खनालले १२५ रन बनाए । उनले ११७ बल खेल्ने क्रममा तीन छक्का र नौ चौका प्रहार गरे ।

यस्तै कुमालले १०८ रनको योगदान दिए । उनले ११२ बल खेल्दै १२ चौका हाने । यस्तै विशालविक्रम केसीले २३, दिपकप्रसाद डुम्रेले अविजित २० र दिपक बोहराले १९ रन बनाए ।

बलिङतर्फ कुवेताका लागि आर्श साहिल र हेनरी थोमसले दुई दुई तथा हैबर अली र जय मेहताले एक एक विकेट लिए । अहिले कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन् ।

रासस

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट