मेयर हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १८:0२
मेयर हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

धरानस्थित वीपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन्।

वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए ।

साम्पाङले ताला लगाउँदै भने, ‘वीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैं आएर खोल्छु ।’

मेयर साम्पाङले वीपी प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरुले बताए ।

मेयर साम्पाङ आफैँ वीपी प्रतिष्ठानका पदेन सदस्य हुन् ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १८:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट