हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी

युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १५:१0
युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध
काठमाडौँ । युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् । एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसङ्घमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र मालीले मतदान गरेका छन् भने चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्न भएको मतदानमा एक सय ४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसङ्घीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा रहेको स्पष्ट भएको बताउनुभएको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मतदानबाट युक्रेनमा संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तअनुरूप युक्रेनको ‘व्यापक, न्यायपूर्ण र दिगो शान्तिको लागि शक्तिशाली आह्वान’ भएको टिप्पणी गर्नुभएको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गर्दै ‘ग्लोबल’ साउथ युक्रेनको पक्षमा उभिदैन भन्ने तर्कलाई प्राप्त मतले अस्वीकार गरेको बताउनुभयो । उहाँले सत्य कसको पक्षमा छ भन्ने तथ्य पनि अन्तरराष्ट्रिय समुदायले बुझेको बताउनुभयो । महासभामा भारी मतबाट पारित भएको शान्ति प्रस्तावले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको समर्थनलाई पुनः पुष्टि भएको छ भने रुसले कब्जा गरेको युक्रेनी भूभागमा रुसको दाबी अस्वीकृत भएको छ । मतदानले एक वर्षको युद्धपछि विश्व मञ्चमा मस्को निरन्तर एक्लिएको प्रमाणित गरेको छ भने उसलाई तत्काल बिना शर्त आफ्ना सबै सैन्य बल युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाबाट फिर्ताका साथै शत्रुता समाप्त गर्न नैतिक दवाव दिएको छ । आफूलाई प्राप्त सीमित समर्थनलाई ख्याल नगरी रुसले सुरक्षा परिषद्मा आफू विरुद्धका बाध्यकारी प्रस्ताव रोक्न आफ्नो भिटो शक्ति प्रयोग गरेको छ । उसले भिटो प्रयोग गरे पनि महासभाले युक्रेन मुद्दालाई उठाएर किएभप्रति विश्वसमर्थन जुटाएको छ । जापानका विदशमन्त्री योशिमासा हयाशीले मूर्खतापूर्ण आक्रमक युद्धको दोस्रो वार्षिकी फेरि भेट्न नहुने बताउँदै रुसले तत्काल युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ भने फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनले आजै रुसले युद्ध अन्त्य गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले रुसले थालेको युद्धले राज्यको अस्तित्वलाई जोखिममा पारेको तथा साम्राज्यवादी योजनाको प्रतिनिधित्व गरेकाले त्यो अस्वीकृत भएको बताउनुभयो । रुसले पारित प्रस्ताव खारेज गर्दै युक्रेनलाई नवनाजीको संज्ञा दिनुभयो । संयुक्त राष्ट्रसङ्घका लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्ज्याले पश्चिमा राष्ट्रहरूले रुसलाई हराउने उद्देश्यका साथ काम गरिरहेको आरोप लगाउनुभयो । उनीहरू सम्पूर्ण विश्वलाई युद्धको खाडलमा डुबाएर आफ्नो आधिपत्य कायम गर्न उद्यत रहेका बताउनुभयो । मतदानमा भाग नलिएका भारत र चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा नगरे पनि मस्कोले दिएको आणविक हतियारको धम्कीको विरोध गरेका छन् । मतदान अघि राष्ट्रसङ्घका लागि चीनका उपप्रतिनिधि डाई विङले तटस्थताको अडान लिएर दुवै पक्षलाई युद्ध अन्त्य गर्न र शान्ति वार्ता थाल्न आह्वान गर्नुभयो । उहाँले रुस र युक्रेनबीच तत्काल प्रत्यक्ष शान्तिवार्ता हुनुपर्नेमा जोड दिनुभयो ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १५:१0
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

कृष्ण मन्दिर पुनःनिर्माण तीव्र
कृष्ण मन्दिर पुनःनिर्माण तीव्र
पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा, १३ जना अझै फरार
पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा, १३ जना अझै फरार
नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त
नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त
पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल
पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल
टीकापुरको ३० बिघा जग्गा घोटालाको फाईल खुल्यो : २ सयभन्दा बढी प्रतिवादी
टीकापुरको ३० बिघा जग्गा घोटालाको फाईल खुल्यो : २ सयभन्दा बढी प्रतिवादी
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
‘युक्रेनमा शान्ति स्थापना गर्न चीनको भूमिका महत्वपूर्ण छ’
‘युक्रेनमा शान्ति स्थापना गर्न चीनको भूमिका महत्वपूर्ण छ’
हामी पुरानो भयौ, नयाँ मान्छे खोजौ : परशुराम तामाङ
हामी पुरानो भयौ, नयाँ मान्छे खोजौ : परशुराम तामाङ
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: