सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:२४
सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

काठमाडौं । बलात्कारका अभियुत्त क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।
लामिछानेमाथि एक नाबालिकलाई बलात्कार गरेको आरोप छ । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । तर पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ ।

त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेश गरेको थियो । सन्दीपले पनि आफू क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।

 

 

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट