सांसद तामाङ अमेरिकाकाे विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0८:३४
सांसद तामाङ अमेरिकाकाे विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

नेपाली आदिवासी जनजाति महिलाको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको महिलाको अवस्था सम्बन्धि आयोगको ६८औँ अधिवेशनमा सहभागि हुन अमेरिका पुग्नु भएका बागमती प्रदेशसभा सदस्य एवं पूर्व उपसभामुख माननीय राधिका तामाङ महत्वपूर्ण भेटघाट तथा छलफलमा व्यस्त रहनुभएको छ । पूर्व राज्यमन्त्रीसमेत रहनुभएका तामाङ अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा जारी अधिवेशनको मुख्य शत्रमा सहभागिता पश्चात त्यहाँस्थित विभिन्न संघ संस्थाको कार्यक्रममा व्यस्त हुनुभएको हो ।

एक हप्ता न्यूयोर्क बसाईपछि उहाँ सनिवार अमेरिकाको राजधानी शहर वासिङटन डिसी पुग्नुभएको छ । विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाली प्रतिनिधिहरुसंगको अन्तक्रियामा सहभागि हुन डिसी पुग्नुभएका तामाङलाई माओवादी केन्द्र सम्बद्ध प्रवासी नेपाली समाज अमेरिकाले स्वागत गरेका थिए । स्वागतसंगै उहाँले समाजका अध्यक्ष काशी पौडेल, भरत पाण्डे, पत्रकार खेम भट्टचन लगायतका प्रतिनिधिहरुसंग घेटघाट तथा छलफल गर्नुभएको छ ।

सांसद तामाङलगायत विश्व बैंकको उर्जा सम्बन्धी कार्यक्रममा सहभागि हुन अमेरिका पुग्नुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव कुवेर नेपालीसहितका नेपाली प्रतिनिधिहरुसंगको अन्तरक्रियामा सहभागिहरुले नेपालको उर्जा विकास, खपत र व्यापारसम्बन्धी विषयमा साक्षात्कार गरेका थिए । कार्यक्रम एशोसियशन अफ नेपलीज इन अमेरिका, अमेरिकन सोसाइटी अफ नेपलीज इन्जिनीयर्स, अमेरिका नेपाल सोसाइटी, एनआरएनए भर्जिनिया, अमेरिका नेपाल सहयोगी समाज, तामाङ समाज डिसी, डिसी नेपलीज फुटबल क्लब, नेपाली अमेरिकन कम्युनिटी सेन्टरले संयुक्त रुपमा आयोजना गरेका थिए ।

त्यस्तै, उहाँले तामाङ समाज अमेरिकाको संस्थापक डिकबहादुर घिसिङ लगाएतका प्रतिष्ठित व्यक्तिहरुसंघ भेटघाट तथा छलफल गर्नुभएको छ । यस अघि उहाँलाई न्यूयोर्कमा नुवाकोट समाज अमेरिका र तामाङ समाज अमेरिकाले स्वागत भेटसंगै अन्तरक्रिया कार्यक्रम गरेका थिए । मार्च ९ मा अमेरिका पुग्नुभएका सांसद तामाङ अझै केही महत्वपूर्ण भेटघाट र अवलोकन भ्रमण सकेर अर्को हप्ता नेपाल फकिने उहाँको सचिवालयले जनाएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0८:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट