निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छः मन्त्री मोदी

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ २0:१८
निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छः मन्त्री मोदी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

उक्त अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक ९प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी० को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने बताउनुभयो । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृद्धिविकासतर्फ आफूले ध्यान दिने उहाँको भनाइ छ ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । अस्पताललाई अतिविशिष्टिकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पौडेलले जानकारी दिनुभयो ।

अस्पतालका उपसचिव कृष्ण सापकोटाले चालू आवमा चार सय शैय्या पु¥याउने बताउनुभयो । उहाँले प्रदेश तहमा अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीलाई सहज रुपमा सेवा उपलब्ध गराउने बताउनुभयो । चालू आव भित्रमा एमआरआई, कार्डियो, युरोलोजी, न्यूरो, रेडियोथेरापी सेवा सुरु गर्ने उहाँले जानकारी दिनुभयो । चीन सरकारको सहयोगमा निर्माण गरिएको सो अस्पतालले २०६५ चैत १६ गतेदेखि बहिरङ्ग सेवा सुरु गरेको हो । अस्पतालमा हाल ७५ प्रतिशत सर्वसाधारण र २५ प्रतिशत कर्मचारी उपचारका लागि आउने गरेका बताइएको छ ।
रासस

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ २0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट