राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:0९
राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त ग¥यो । दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त ग¥यो । छ स्वर्ण, छ रजत र १० कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भयो । पाँच स्वर्ण, सात रजत र चार कास्यसहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनुभयो । यस्तै तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित देउमाई नगरपालिका पाँचौँ, दुई स्वर्ण, पाँच रजत र पाँच कास्यसहित रोङ गाउँपालिका छैटाँै, दुई स्वर्ण, दुई रजत र दुई कास्यसहित माइजोगमाई गाउँपालिका सातौँ, एक स्वर्ण, पाँच रजत र आठ कास्यसहित माई नगरपालिका आठाँै, तीन रजत र दुई कास्यसहित माङसेबुङ गाउँपालिका नवौँ तथा दुई रजत प्राप्त गरेको सन्दकपुरले १०औँ स्थान हासिल गरेको छ । सहभागीलाई फाकफोथमुका अध्यक्ष दीपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार प्रदान गर्नुभयो । चौधौँ प्रतियोगिता माङसेबुङ गाउँपालिकामा आयोजना गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट