तिमी शान्ति ल्याइदेउ

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० 0८:४६
तिमी शान्ति ल्याइदेउ

खुट्टा छदैछन् हिडेरै जाउँला
रोड बाटो पनि बनाउनु पर्दैन
छोडिदेउ!
हात हातमा मोबाइल छन् ”
उज्यालो छदैंछ,
बिजुली पनि
बाल्नु पर्दैन छोडिदेउ !
हाम्रा बलिया पाखुरा छँदैछन्
कोहि बिमारी भए स्वास्थ चौकी
काध मैं बोकेर लगौँला
एम्बुलेन्स पनि छोडिदेउ!
आजका बर्ष सम्म त
पानी बिना कसैको घाँटी सुकेको थिएन
आज किन चाह्यो?
तिमी भार नउठाउ
पानी पनि छोडिदेउ!
खेल मैदान पनि ठिकै छ
खेतमै खेलौँला
खेल मैदान पनि छोडिदेउ!
अबसर पाए त्यो सबै मैले ल्याउँला,
मेरो टाउकोमा छोडिदेउ!
तिमी मेरो गाउठाउँ
समाजमा शान्ती ल्याइदेउ!

– पारस भट्ट प्यासी,
सुदुरपश्चिम बैतडी

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट