करिब २ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४३
करिब २ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

ललितपुर । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट