गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाइते

  • मिसन संवाददाता
  • शुक्रबार, असार ८, २०८० 0७:३३
गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका ३ काे चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन् । बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।  प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हाे । मृतकको पहिचान खुल्न बाँकी छ ।

बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको हाे । साे जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, असार ८, २०८० 0७:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट