स्ववियु चुनावः पद्मकन्या क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच तालमेल

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४९
स्ववियु चुनावः पद्मकन्या क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच तालमेल

काठमाडौं । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौंमा दुई विद्यार्थी संगठन एक भएर मैदानमा उत्रिएका छन् । नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारी र नेकपा एमाले निकटको अनेरास्ववियूले शनिबार संयुक्त प्यानल घोषणा गरेका हुन् ।

क्रान्तिकारीका ६ र अनेरास्ववियूका ५ जना गरि प्रत्यक्षतर्फ ११ जनाको उम्मेदवारी रहेको छ । अध्यक्षमा त्रिसना आले मगर, सचिवमा सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार उम्मेदवार छन् । यस्तै १० जना सदस्यहरु भने समानुपातिकबाट रहेका छन् । नेतृत्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम लगायतका प्रतिबद्दता व्यक्त गरेका छन् ।

उनीहरुले स्नातकदेखि स्नातकोत्तर तहका अंग्रेजी बाहेक अन्य विषयहरुको प्रश्नपन्त्र अंग्रेजी र नेपाली दुवै माध्यमबाट हुने पर्ने सहितका २२ बुँदे प्रतिबद्दता राखेका छन् ।

अखिल सयुंक्त पद्मकन्या क्याम्पस कमिटी प्रतिबद्दता पत्र
१. पद्मकन्या क्याम्पसलाई पहिलो महिला विश्वविद्यालय बनाउन पहल गर्ने ।

२. प्रत्येक महिना एक छात्रा एक स्यानेटरी प्याड व्यवस्था गर्ने ।

३. स्नातक देखि स्नातकोत्तर तहका अग्रेंजी बाहेक अन्य विषयहरुको प्रश्नपत्र अग्रेंजी र नेपाली दुवै माध्यमबाट छपाईको लागि पहल गर्ने (आगामी शैक्षिक क्यालेन्डर अनुसार)

४. क्याम्पसमा प्राथमिक उपचार कक्षलाई व्यवस्थित बनाउने ।

५. क्याम्पसमा अनिवार्य अपांग मैत्री पुर्वाधार निर्माणको लागि पहल गर्ने ।

६. नयाँ कार्यक्रमहरुका लागि प्रयाप्त तथा सुविधा सम्पन्न कक्षाकोठाको व्यवस्थापन गर्ने ।

७. विद्यार्थी चमेना गृहमा स्वास्थवर्दक सफा खानपिन सुपथ मुल्यमा उपलब्ध गराउने ।

८. छात्राबासको उपयुक्त व्यबस्थापन र छात्राबासको मेसमा उपलब्ध खाना सफा र स्वस्थ वनाउन पहल गर्ने ।

९. विद्यार्थीले प्रमाणपत्र धितो राखी ऋण दिने व्यवस्था सरल बनाउने ।

१०. छात्रवृति कार्यक्रमलाई वृद्धि गर्न पहल गर्ने ।

११. विद्यार्थीको नेतृत्व बिकास सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने (भाषणकला, उद्घोषण, हाजिरि जवाफ प्रतियोगिता, नेतृत्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम लगायत) 

१२. त्रिभुवन विस्वविद्यालय अन्तर्गत संचालन भएको (BBA, BBM,BHM, BCA लगायतका सम्पूर्ण शैक्षिक कार्यक्रमलाई त्रि.वि.को प्राईभेट कार्यक्रमबाट नियमित कार्यक्रममा लैजान पहल गर्ने ।

१३. नियमित रुपमा त्रैमासिक परिक्षा संचालन गर्ने ।

१४. क्याम्पसको लाईब्रेरीमा सबै खाले पुस्तकहरू अनिवार्य व्यवस्थाका लागि पहल गर्ने ।

१५. क्याम्पसमा अनिवार्य रुपमा इ– लाइब्रेरीको व्यवस्था गर्न पहल गर्ने ।

१६. क्याम्पसका सम्पूर्ण कक्षाकोठामा इन्टरनेट सेवा (Free Wifi) व्यवस्था गर्ने ।

१७. क्याम्पसलाई प्रविधीमैत्री पुर्वाधार कम्प्युटर, ल्याव, इन्टरनेट, डिजिटल ह्वाईट बोर्ड तथा प्रोजेक्टरको माध्ययमबाट कक्षा संचालन गर्नको लागि पहल गर्ने ।

१८. क्याम्पसमा चेन्जिङ रुम र रिफ्रेस सेन्टरको व्यवस्था गर्ने ।
१९. क्याम्पसमा पर्याप्त खेलमैदान तथा बहुउद्देश्यीय हल निर्माण गरि भित्र र बाहिर खेलहरू खेल्ने प्रबन्ध
मिलाउने ।

२०. विद्यार्थीहरूको बौदिक क्षमता वृद्धि गर्ने कार्यक्रम तथा विभिन्न प्रकारका रचनात्मक कार्यक्रमहरू राख्ने ।

२१. शिशु स्याहार केन्द्रलाई पुनः संचालनमा ल्याउने ।

२२. क्याम्पसलाई गुणस्तरिय शिक्षा, शान्त, सफा खानेपानी, सुविधा सम्पन्न सुन्दर गार्डेन र व्यवस्थीत पार्किङ बनाउने ।

साथै अकस्मात एम्बुलेन्स सेवाको लागि पहल समेत गर्ने घोषणा गरेका छन् ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट