इतिहासमा पहिलोपल्ट खुल्ला प्रतिष्पर्धाबाट प्राडा केशरजंग बराल त्रिविको भिसी नियुक्त

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १६:५४
इतिहासमा पहिलोपल्ट खुल्ला प्रतिष्पर्धाबाट प्राडा केशरजंग बराल त्रिविको भिसी नियुक्त

त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । तीमध्येबाट प्रधानमन्त्रीकाे राेजाइमा बराल परेका हुन् ।

बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट