पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२५
पूर्वप्रधानमन्त्रीद्वय देउवा र  नेपालद्वारा मतदान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँहरुले मतदान गर्नुभएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । अपराह्न १२बजेसम्म सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट