सुष्मा लामाको हत्या आरोपमा एक पुरुष पक्राउ

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० ११:0८
सुष्मा लामाको हत्या आरोपमा एक पुरुष पक्राउ

काठमाडौँमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामा हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले दिएको जानकारीअनुसार उनलाई काठमाडौँबाटै पक्राउ गरिएको हो।

उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले आरोपितको नाम भने अहिल्यै खुलाउन चाहेन।

गत फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया सुष्माको शव फेला पारेको थियो।

गत माघ २२ गते बिहान घरबाट निस्केकी सुष्मा ४ दिनसम्म पनि नफर्किएपछि आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट