क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:१४
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

काठमाडौं, पुस ८ । इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले आज शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट