त्रिभुवन विश्वविद्यालय: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १८:३२
त्रिभुवन विश्वविद्यालय: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ ।

केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुसन्धान गरिएको छ ।  कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको र कुनै  स्थानमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने  त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

कम मत खसेपनि  निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ ।काठमाडौँ उपत्यकाका  शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मत खसेको छ । त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने निकै  कम मत खसेको हो । कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १८:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट