नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ 0९:४८
नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुहुने जनाइएको छ । यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट