मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निशेध आज्ञा जारी

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ ११:४२
मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निशेध आज्ञा जारी

अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ ।सो राज्यको एक तटिय सहर मियामीमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन् । आइतबार यहाँ निशेध आज्ञा आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् ।यो आदेश अर्काे सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । सो सहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए ।त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको छ । ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ । दक्षिणी फ्लोरिडाको सो सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि सङ्कटकाल लगाउनुपरेको सो सहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन् । –––

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट