बालेनको रोजाई कै हाकिमले कुर्सि सम्हाले

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० 0८:४४
बालेनको रोजाई कै हाकिमले कुर्सि सम्हाले

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पद बहाली गरेका छन् । माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका सहसचिव परियारले बुधवारदेखि काम सुरु गरेका हुन् ।

मेयर बालेन साहकै रोजाईमा सहसचिव परियार महानगरको प्रशासनिक कमाण्ड सम्हाल्न पुगेका हुन् । उनी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

पद बहालीसँगै विभागीय प्रमुखहरूसँगको परिचयात्मक तथा सामूहिक ब्रिफिङका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कानुन बमोजिमको काम रोक्दै नरोक्ने र कानुन विपरीतको काम गर्दै नगर्ने बताएका छन् । गलत गर्ने र मेहेनत नगर्ने छुट नभएको भन्दै उनले स्थानीय तह जनताको नजिकको सरकार भएकोले जनताको धेरै आशा रहेको बताए ।

सामूहिक प्रयासबाट मात्रै महानगरले सफलता प्राप्त गर्न सक्ने भएकोले त्यसका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरेको पनि प्रमुख प्रशासकीय अधिकृत परियारको भनाई थियो ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० 0८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट