चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १३:२१
चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँमा मात्रै खोलिने गरेको यो मन्दिर आज चैत शुक्ल प्रतिपदाको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैनन् भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । तर असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा प्रख्यात छ । यहाँ विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट त्रिशूली देवी मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । —

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट