दरबारको विषयमाथि फिल्म ‘राजमहल’ बन्दै

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १२:५७
दरबारको विषयमाथि फिल्म ‘राजमहल’ बन्दै

नेपाली फिल्म ‘राजमहल’को निर्माण घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्ममा खेल्ने मुख्य कलाकारसहित औपचारिक निर्माण घोषणा गरिएको हो।

सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा फिल्मको टाइटल ‘राजमहल’ राखिएको छ। सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन्।

फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा छन्। मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्। करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्मको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायाँकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायाँकन नेपालमा गरिनेछ।

फिल्ममा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो फिल्मका अन्य चारित्रिक भूमिकामा देखिँदैछन्।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट