आइजिपी सिंहसँगै प्रहरीका ९ जना अधिकृत अनिवार्य अवकाशमा

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १७:३५
आइजिपी सिंहसँगै प्रहरीका ९ जना अधिकृत अनिवार्य अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका नौं जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबारबाट अवकाश पाउँदैछन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन् । उनीहरुलाई एक महिना अघि नै प्रहरी किताबखानाले अवकाशको पत्र थमाइसकेको छ । आईजीपी सिंहसहित अधिकृतहरुको विदाइका लागि शुक्रबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा विदाइ कार्यक्रम राखिएको छ ।

आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी अवकाशमा जाँदैछन् । त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदैछन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि शुक्रबारबाट अवकाशमा जानेछन् । आईजीपी सिंहको टोली २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेको थियो ।

३० वर्षे सेवा अवधिका कारण महानिरीक्षक सिंहले एक वर्ष मात्रै प्रहरीको नेतृत्व गर्न पाए । उनले कार्यकालको अन्तिममा सेवा अवधि हटाउने प्रयास गरेपनि सफल भएन ।

तीन दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्ये एक जनालाई सरकारले महानिरीक्षकमा बढुवा गर्नेछ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट