अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’भन्दा प्रभासको ‘सलार’ बलियो

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १२:५८
अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’भन्दा प्रभासको ‘सलार’ बलियो

यो साता बक्सअफिसमा ठूलो भिडन्त हुँदैछ। २१ डिसेम्बरबाट शाहरुख स्टारर बलिउड फिल्म ‘डंकी’ आउँदैछ। त्यसको भोलिपल्ट प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘सलार’ रिलिज हुँदैछ। यी दुवै फिल्मको अग्रिम बुकिङसमेत खुलिसकेको छ।

अग्रिम बुकिङको मामिलामा प्रभासले शाहरुखलाई पछि पारेका छन्। डंकीभन्दा प्रभासको सलारले अग्रिम बुकिङबाट २ करोड ४ लाख भारतीय रुपैयाँ बढी कमाएको छ।

दक्षिण भारतीय फिल्म सलारले एडभान्स बुकिङमा जम्मा १२ करोड ६७ लाख भारु कमाएको छ। यस फिल्मका ६ हजार ४३९ शोबाट ५ लाख ७७ हजार ४०६ टिकट बिक्री भइसकेका छन्।

डंकीको पनि १२ हजार ६०८ शोबाट ३ लाख ६० हजार ५०८ टिकट सोल्डआउट भइसकेका छन्। जसबाट एडभान्स बुकिङको जम्मा कमाई १० करोड २६ लाख भारु हुन्छ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट