जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:२१
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टी विधानको मस्यौदामाथि सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई यही चैत १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेकाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीव्रता दिइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाडाँै, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिबार छलफल गरेको छ । लुम्बिनी प्रदेशले सोमबार र कोशी प्रदेशले चैत १७ गते विधानमाथि सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम गर्ने भएका छन् । प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ सङ्गठनका पदाधिकारी सहभागी हुने गरेका छन् । यसैगरी ट्रेड युनियन महासङ्घले आज, चैत १३ गते भ्रातृसङ्गठन, बौद्धिक पेसाकर्मी महासङ्घले १४ गते काठमाडाँैमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने सो पार्टीले जनाएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट