यूरोपियन यूनियनकी राजदुतलाई घन्टी उपहार

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० 0७:२९
यूरोपियन यूनियनकी राजदुतलाई घन्टी उपहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि यूरोपियन यूनियन (ईयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको भेटवार्तामा दुवैबीच दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको रास्वपाकी केन्द्रीय सदस्य एवं सहप्रवता प्रतिभा रावलले जानकारी दिइन् ।

सभापति लामिछाने र राजदूत लोरेन्जोले नेपाल र ईयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका उनको भनाइ छ ।

सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिस्ट’बाट हटाउन पहलका लागि राजदूत लोरेन्जोलाई आग्रह गरेका थिए ।

जवाफमा राजदूत लोरेन्जोले यो विषय आफ्नो पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालले हवाई सुरक्षाका लागि योजनावद्ध रूपमा काम गर्न ईयूले नेपाल नागरिक प्राधिकरणसँग समन्वय गरिरहेको भनाइ राखेका थिए ।

भेटवार्तामा सभापति लामिछानेले ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेकाले त्यसमा ईयूले सकारात्मक योगदान पुर्‍याइदिने अपेक्षा राखेको उनले बताइन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० 0७:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट