टोटनहमले ब्राइटनको ४ खायो

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:00
टोटनहमले ब्राइटनको ४ खायो

इंग्लिस प्रिमियर लिगमा टोटनहम ब्राइटनसँग स्तब्ध भएको छ। गएराति फाल्मर स्टेडियममा टोटनहम ब्राइटनसँग ४-२ गोलले पराजित भएको हो।

घरेलु मैदानमा ११ औं मिनेटमा ब्राइटनका ज्याक हिन्सेलवुडले सुरूवाती अग्रता दिलाए। २३ औं मिनेटमा डि-बक्सभित्र फाउल गरेपछि ब्राइटनले पेनाल्टीको अवसर पाएको थियो। पेड्रोले त्यसलाई सदुपयोग गरे।

पहिलो हाफमा टोटनहम गोलविहीन भयो। दोस्रो हाफको ६३ औं मिनेटमा फेरि ब्राइटनकै पर्भिस स्तुपिनानले गोल गरेपछि ब्राइटन ३-० को अवस्थामा पुगेको थियो।

७५ औं मिनेटमा पुनः पेनाल्टीमार्फत गोल गर्दै टोटनहमलाई ४ गोलले पछि पारेको थियो। ८१ औं मिनेटमा अलिजो भेलिज र ८५ औं मिनेटमा बेन डेभिसले गोल गरेपनि टोटनहमले हार टार्न सकेन। १९ खेलमध्ये ११ जित हात पारेको टोटनहम ३६ अंकसहित तालिकामा छैटौं स्थानमा छ। ब्राइटन ३० अंक जोडेर ८ औं स्थानमा छ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट