मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:२५
मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो । कैलालीको फेन्सिङ सङ्घले आयोजना गरेको उक्त प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुने छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । कैलाली फेन्सिङ सङ्घका अध्यक्षसमेत रहनुभएका शाहीको सक्रियतामा धनगढीलाई फेन्सिङको हव बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताउनुभयो । युरोपबाट भित्रिएको उक्त खेलमा शाही विभिन्न देशमा भएका प्रतियोगितामा सहभागी भइसक्नुभएको छ । उहाँका अनुसार २० वर्षमुनिको खेल इपी र सेवर विद्यामा खेलाइने छ । दुवै विद्याका खेलमा महिला र पुरुषबीच अलगअलग प्रतियोगिता हुनेछ । इपी खेलमा शरीरभरि जुनसुकै भागमा ७ दशमलव ५ ग्रामको भार पुगेपछि अङ्क पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिने गरिन्छ । दुवै खेलको समयावधि तीन मिनेटको हुनेछ । खेलाडीले तीन मिनेटमा पाँच अङ्क पाउनका लागि खेल्ने गर्छन् । प्रतियोगितामा पहिलो हुनेले रू १५ हजार, दोस्रोले रू १० हजार र तेस्रोले रू पाँच हजार पुरस्कार पाउनेछन् । धनगढी रङ्गशालामा जारी प्रतियोगितामा सशस्त्र प्रहरी बल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका ७६ खेलाडी सहभागी भएका छन् ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट