तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ४, २०८० १३:३२
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

कालीकोटको तिला नदीमा बेपत्ता हुनुभएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझँै फेला पर्नुभएको छैन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता हुनुभएको थियो । शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न जानु भएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताउनुभयो ।

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ४, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट