हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा

प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:३९
प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ । शून्य समयमा बोल्दै सांसद विक्रम पाण्डेले मल खरिदका लागि सरकारले समयमा बजेट नछुट्याउँदा र छुट्याएको रकमको पनि बोलपत्र हुन नसक्दा बाली लगाउने बेलामा किसानले मल पाउन नसकेको बताउनुभयो । रासायनिक मल अभावका कारण कृषि बालीको उत्पादन घट्दा त्यसको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको उहाँले उल्लेख गर्नुभयो । “किसानले खेती गर्ने समयमा मल नपाउँदा उत्पादन मात्रै घटेको छैन, मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पनि असर परेको छ । पछिल्लो एक दशकमा जिडिपीमा कृषि क्षेत्रको योगदान ३२ दशमलव सात प्रतिशतबाट घटेर २३ दशमलव नौ प्रतिशतमा खुम्चिएको छ”, सांसद पाण्डेले भन्नुभयो । नेपालका लागि वार्षिक सात लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेकामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्ष एक लाख ५९ हजार मेट्रिक टन मात्रै रासायनिक मल खरिद गरेको उहाँले बताउनुभयो । सांसद विनिताकुमारी सिंहले पाउनुपर्ने सेवा सुविधा वास्तविक किसानले पाउन नसकेको बताउनुभयो । सरकारले वास्तविक किसान पहिचान गरी उनीहरुलाई सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । सिराहामा उत्पादन भएको फलफूल तथा तरकारी व्यवस्थापनका लागि शीतभण्डार बनाउनुपर्ने बताउनुभयो । तराई–मधेशमा हावाहुरीका कारण आगलागका घटना भएर धनजनको क्षति हुने गरेकाले यसको न्यूनीकरणमा ध्यान दिन उहााले सरकारसित माग गर्नुभयो । सांसद विद्या भट्टराईले सिद्धार्थ राजमार्गअन्तर्गतको छोरेपाटन–बिरौटा सडकखण्डको एक दशमलव आठ किलोमिटर सडक निर्माणका लागि रामसागर विल्डर्सलाई चार वर्षअघि ठेक्का लिएकामा हालसम्म सम्पन्न हुन नसकेको सांसद भट्टराईले बताउनुभयो । धुलाम्य सडक र निर्माणमा भएको अवरोधले स्थानीयको स्वास्थ्यमा समस्या भएको तथा दैनिकरुपमा आवतजावत गर्न कठिनाइ भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सामान्य तुवालोको कारण देखाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन दिन बन्द भएको बारे भट्टराईले सरकारसँग जवाफ माग्नुभयो । सांसद बीना लामाले किन्ताङ्फेदी पुल निर्माणमा भइरहेको ढिलाइबारे चासो राख्नुभयो । यस्तै रुबि भ्याली, गङ्गाजमुना र नेत्रावती गाउँपालिकाको सुरक्षाको विषय पनि उहाँले उठाउनुभयो । सांसद बिजुला रायमाझीले युवालाई विदेशिनबाट रोक्न सरकारले के काम गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो । “हाम्रा युवा नेपालमा बस्ने वातावरण कहिलेदेखि बन्छ ? विदेशबाट केही गरौँं भनेर नेपाल फर्किएका व्यक्तिले सञ्चालन गरेका व्यवसाय धराशायी भइरहँदा उनीहरुलाई नेपालमै टिक्नसक्ने अवस्था बनाउन सरकारले के योजना ल्याउँदै छ भनी उहाँले प्रश्न गर्नुभयो । केही वर्षअघि एकैदिन शिलान्यास गरिएका पालिकास्तरका १५ शय्याका अस्पताल निर्माणबारे पनि उहाँले सरकारसँग जवाफ माग्नुभयो । –––
  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:३९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

हिजोअस्ति आएको रविन्द्र मिश्रले राप्रपा बुझेकै छैन : अध्यक्ष लिङ्देन
हिजोअस्ति आएको रविन्द्र मिश्रले राप्रपा बुझेकै छैन : अध्यक्ष लिङ्देन
दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै
दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै
भोजपुरका  पर्यटकीय क्षेत्र ओझेलमा
भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित
उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित
हास्यविधाका चलचित्र दर्शकको रोजाइमा
हास्यविधाका चलचित्र दर्शकको रोजाइमा
मलेसियामाथि नेपालको सानदार जित
मलेसियामाथि नेपालको सानदार जित
आठ महिनामा चार मुद्दा फैसला
आठ महिनामा चार मुद्दा फैसला
प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान
प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: