दोलखाको झ्याँकुमा शिक्षकमाथि निर्घात कुटपिट

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १५:१५
दोलखाको झ्याँकुमा शिक्षकमाथि निर्घात कुटपिट

दोलखाको गौरीशंकर गाउँपालिकामा शिक्षकमाथि निर्घात कुटपिट भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ स्थित गार्पाङ आधारभुत विद्यालयका शिक्षक पेमछिरिङ शेर्पामाथि कुटपिट भएको हो । विद्यालयमा अध्ययनरत एक छात्रासँग नजिकिएको आरोपमा उनीमाथि कुटपिट भएको बताईन्छ।

कुटपिटबाट घाईते शिक्षक शेर्पाको सिंगटी स्थित अस्पतालमा उपचार भैरहेको छ । कुटपिटबाट शेर्पाको अनुहार लगायत स्थानमा चोट लागेको छ । वडा नं ४ का अध्यक्ष शिवहरी खत्रीले शिक्षकमाथि कुटपिट भएको र दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने प्रयास भैरहेको बताए ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट