हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी
  • नेपाल बार एशोसिएशन

सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १४:३३
सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक
शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो । “बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक वितरण सकेका छौँं” उहाँले भन्नुभयो,“पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुन अगावै पु¥याएका छौँं, तराईका कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण भइरहेको छ ।” सरकारको निर्देशन अनुसार विद्यार्थीको हातहातमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पु¥याउनका लागि छिटोछरितो रुपमा कार्य अगाडि बढाइएको उहाँको भनाइ रहेको छ । विद्यायको मागका आधारमा पाठ्यपुस्तकका पूरै सेट उपलब्ध गराईएको उल्लेख गर्नुहुँदै उहाँले कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण सम्पन्न गरेपछि थप माग गरेका जिल्लाका विद्यालयमा आपूर्तिको कार्य गरिने बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिमका विद्यालयमा १८ लाख थान पाठ्यपुस्तकको माग रहेको छ । सोमध्ये केन्द्रले हालसम्म नौ लाख थान पाठ्यपुस्तक वितरणकोकार्य गरेको छ । माग अनुसारका पाठ्यपुस्तक वैशाख महिनाभित्रै वितरण गरिसक्ने कार्यालय प्रमुख पन्तले बताउनुभयो । केही जिल्लाका थोरै विद्यालयमा रकम निकासाको कार्य ढिलो हँुदा पाठ्यपुस्तक आपूर्ति गर्न नसकिएको केन्द्रका कर्मचारी नरेश भण्डारीले बताउनुभयो । रकम निकासा पठाएसँगै पाठ्यपुस्तक वितरणको कार्य गरिने उहाँको भनाइ रहेको छ ।“पाठ्यपुस्तक बोकेका दुई वटा गाडी आउने क्रममा छन्” उहाँले भन्नुभयो, “एउटा गाडी भोलि आइपुग्छ, अर्को गाडी पर्सी आइपुग्छ, दुई गाडी किताब आएसँगै प्रदेशमा पाठ्यपुस्तकको माग पूरा हुन्छ ।” छपाइ समयमै सम्पन्न हँुदा विगतका वर्षमा हुँदै आएको पाठय्यपुस्तकको अभावलाई पूर्ति गर्न सकिएको बताइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ स्थित बैजनाथ माध्यमिक विद्यालय कसरौलका प्रधानाअध्यापक वीरेन्द्रबहादुर सिंहले विगतमा पाठ्यपुस्तकको अभावमा पढाइको कार्य प्रभावित हँुदै आएको बताउनुभयो । “सुगमको जिल्ला भए पनि कञ्चनपुरका सबै विद्यालयमा विगतमा पूरै पाठ्यपुस्तक पाउन सकिएको थिएन” उहाँले भन्नुभयो, “पाठपुस्तक प्राप्त गर्न नसक्दा पढाइका लागि इन्टरनेटबाट शिक्षकले सन्दर्भ सामग्री र पाठ्यपुस्तक डाउनलोड गरी पढाउने कार्य हँुदै आएको थियो, चालु शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलव्ध गराइने अश्वासन पाएका छौंँ, कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आइपुगेका छन, कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक केही दिनभित्रै आइपुग्ने जानकारी प्राप्त भएको छ ।” स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि विद्यालयलाई निकाशा रकम पठाउने कार्य गरेका छन । शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखाका दिपेन्द्र जोशीका अनुसार विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि ७५ प्रतिशत रकम निकासा पठाइसकिएको छ । पाठ्यपुस्तक वितरणका लागि सुदूरपश्चिम प्रदेशका एक सय ७३ पुस्तक पसल जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सूचीकृत गरिएका छन् । यसैबीच कञ्चनपुरका विद्यालयमा विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई अगाडि बढाइएको छ । –––
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १४:३३
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
सुजनको शोकमा यसरी डुब्यो दैलेख
सुजनको शोकमा यसरी डुब्यो दैलेख
पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी
पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी
बाजुराको कोल्टीमा भुकम्प गयो
बाजुराको कोल्टीमा भुकम्प गयो
खप्तड ‘हेली टुर’ सञ्चालन
खप्तड ‘हेली टुर’ सञ्चालन

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

काठमाडौँबाट सांसद डा.चन्द्रकान्त राउत पक्राउ
काठमाडौँबाट सांसद डा.चन्द्रकान्त राउत पक्राउ
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन
पर्यटक भित्र्याउन पदमार्ग
पर्यटक भित्र्याउन पदमार्ग
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
उर्लाबारी आगलागीबाट थप एक जनाको मृत्यु
उर्लाबारी आगलागीबाट थप एक जनाको मृत्यु
सशस्त्र प्रहरी बरिष्ठ हवल्दार बढुवाका लागि यी ४० भए सिफारिस (नामसहित)
सशस्त्र प्रहरी बरिष्ठ हवल्दार बढुवाका लागि यी ४० भए सिफारिस (नामसहित)
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: