निरा पाण्डे हत्याका अभियुक्त सार्वजनिक

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १७, २०८० १५:५0
निरा पाण्डे हत्याका अभियुक्त सार्वजनिक

काठमाडौँ ।  काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । प्रहरीको अनुसार ९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो । घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको थिए । त्यस्तै भोलि पल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।

प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको  छ । विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेर ५५ हजार रुपैयाँ लिएका थिए । सुनको सिक्री लुटपाटका लागि निराको हत्या भएकाे हाे । पक्राउ परेका बिक यसअघि काठमाडौंकाे एक रेष्टुरेन्टमा बाउन्सरका रुपमा कार्यरत व्यक्ति थिए ।

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १७, २०८० १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट