स्पन्दन सुब्बालाई भ्वाइस किड्स सिजन-२ उपाधि

  • मिसन संवाददाता
  • शनिबार, जेष्ठ ६, २०८० 0६:0९
स्पन्दन सुब्बालाई भ्वाइस किड्स सिजन-२ उपाधि

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।

शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि पाएका हुन् ।

सुब्बासहित आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।  हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले उनलाई १५ लाख  पुरस्कार प्रदान गरे  ।

यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए । स्पन्दन सुब्बाकाे जितसँगै भ्वाइस किड्समा टीम प्रमोदको लगातार जित हो ।

  • मिसन संवाददाता
  • शनिबार, जेष्ठ ६, २०८० 0६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट