काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने काेटा प्रणाली हट्ने भएको छ ।
वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने व्यवस्था थियोे ।
कोठा सिस्टमले व्यवसायी मर्कामा परेको भन्दै मन्त्रालयले कानुन संशोधन गर्न लागेको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरूले दबाब दिँदै आएका छन् । साे निर्णय व्यवहारिक नभएको भन्दै निरन्तर कोटा प्रणाली हटाउन माग गर्दै आएका थिए ।
सोही आधारमा श्रम मन्त्रालयले कोटा प्रणाली हटाउन लागेको हो । १०० जना पठाउँदा व्यवसायीहरूले अरूबाट भिसा किनेर महँगोमा बेच्ने गरेका छन् ।