गंगा विरुद्धको हमला, व्यवस्था विरुद्धको हमला हो : प्रचण्ड

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १४:१७
गंगा विरुद्धको हमला, व्यवस्था विरुद्धको हमला हो : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।

उनको भनाइ जस्ताको तस्तै :

मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छन् । अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको छ । त्यो बिचरा कस्तो छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो ।

प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहाँ समितिमा प्रश्न उठेकोले जवाफ दिएको हो ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट