ज्ञानेन्द्र फिर्ता ल्याउन राप्रपा सडकमा आउने

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:२0
ज्ञानेन्द्र फिर्ता ल्याउन राप्रपा सडकमा आउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनमा जाने निर्णय गरेको छ। मंगलबार जारी केन्द्रीय समितिको बैठकको बीचमा बसेको पदाधिकारीहरुको बैठकले राजतन्त्रको पक्षमा आन्दोलनमा जाने निर्णय गरेको हो।

राप्रपाका १ जना पदाधिकारीले सर्वसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरिएको जानकारी दिए। पदाधिकारी बैठकले गरेको आन्दोलनमा जाने निर्णय केन्द्रीय समितिको बैठकमा पेस गरिने र केन्द्रीय समितिबाट पारित भएपछि पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरिने ती पदाधिकारीको भनाइ छ।

त्यस्तै राप्रपा संघीय संसद्‌को यो कार्यकालभरी सरकारमा नजाने निर्णय पनि भएको ती पदाधिकारीले बताए। तत्काल केन्द्र र प्रदेश सरकारमा राप्रपा सहभागी नहुने र राजतन्त्रको पक्षमा शशक्त आन्दोलन गर्ने निर्णय भएको उनले बताए।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट