सातदोबाटोलाई हराउँदै फ्रेण्ड्सले छाड्यो रेलिगेसन जोन

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० १९:२७
सातदोबाटोलाई हराउँदै फ्रेण्ड्सले छाड्यो रेलिगेसन जोन

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत  सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ ।

एन्फा मुख्यालयमा बिहिवार भएकाे खेलमा सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराउँदै फ्रेण्ड्सले महत्वपूर्ण ४ अंक बटुलेको हो ।

फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे ।खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका हुन् ।

खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० १९:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट