टुँडिखेलमा पुर्वराजाको हातबाट बत्ति बाल्ने निधो अलपत्र : ज्ञानेन्द्र चितवन हिडे !

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १४:४५
टुँडिखेलमा पुर्वराजाको हातबाट बत्ति बाल्ने निधो अलपत्र : ज्ञानेन्द्र चितवन हिडे !

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पहिलो वार्षिकोत्सव टुँडिखेलमा मनाउन नपाउने भएको छ ।

आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरेर आफ्नो पहिलो बार्षिकोत्सव मनाउने तयारी गरेका दुर्गा प्रसाईलाई सरकारले अनुमति दिएको छैन ।

ज्ञानेन्द्र पनि सपरिवार चितवन गएका छन् । प्रसाईँ नेतृत्वको अभियानले पूर्वराजालाई नागरिक अभिनन्दनको निमन्त्रणा दिएको थियो । प्रसाईंले गत मंसिर ७ मा आन्दोलन गरेर आफ्नो तागत नापिसकेको र अब फागुन १ गते पूर्व राजा शाहकै हातबाट दीप प्रज्वलन गराएर आन्दोलन थाल्ने उद्घोष गरेका थिए ।

गत मंसिर ७ को आन्दोलन आफू एक्लैले गरेको भएपनि फागुन १ गतेदेखि सुरु हुने आन्दोलन संगठित रुपमा हुने प्रसाईँको उद्घोष थियो । जसको विरासत फर्काउन र सत्तामा ल्याउन आन्दोलन गर्न लागेको हो उसैले भाउ नदिएपछि प्रसाईँको कार्यक्रम के हुने टुंगो लागेको छैन ।

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट