राईले भारतको नक्सामा लुम्बिनी राखिए पछि गरे बिरोध

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १५, २०८० १९:0७
राईले भारतको नक्सामा लुम्बिनी राखिए पछि गरे बिरोध

काठमाडौं । सत्तारुण घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले भारतीय प्रधानमन्त्री मोदिले उत्घाटन गरेको भारतिय संसद भवनमा राखिएको भारतको नक्सामा लुम्बिनी राखिए पछि बिरोध गरेका छन् ।

प्रवक्ता राईले सामाजिक संजाल फेसबुकमा “देशको प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको सम्मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले व्यापक बिरोधमा विच भारतीय नंया संसद भवनको उत्घाटन गरेका छन् । उक्त भवनमा राखेका नक्सामा महाभारतकालीन नामहरुका साथ हाम्रो देशको लुम्बिनीलाई समेत समाबेश गरेका छन् ।

लुम्बिनी नेपालको हो, गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा मोदीलाई हेक्का रहोस् । मोदीको यो कदमले सार्वभौम नेपाल र नेपालीको इज्जतमा ठुलो चोट पुगेछ साथै नेपाल सरकारको मौनताले लज्जित तुलाएको छ।

यो विषयलाई सामान्य लिनु हुदैन । नेपालीहरुको स्वतन्त्रता र सार्वभौमिक्तालाई अक्षुण राख्न सबैले आ-आफ्नो तहबाट बोलौ, प्रतिवाद गरौं ।नेपाली हामी रहौला कहाँ, नेपालै नरहे….!” भनी उल्लेख गरेका छन् ।

यहि जेष्ठ १७ गते नेपाल सरकारका प्रधानमन्त्री पुस्पकमल दहाल भारत सरकारको औपचारिक भ्रमण गर्दै छन् ।

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १५, २०८० १९:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट