प्रहरी समायोजनको विपक्षमा किन देखिए पूर्वआईजीपी ?

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १२:४५
प्रहरी समायोजनको विपक्षमा किन देखिए पूर्वआईजीपी ?

पूर्वप्रहरी महानिरीक्षक ओम विक्रम राणाले हतारमा प्रहरी समायोजन नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राणाले यस्तो बताएका हुन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरू र प्रहरी प्रमुखलाई बोलाएर १५ दिन भित्र जसरी पनि प्रहरी समायोजन गर्न निर्देशन दिएका थिए ।

उनले लेखेका छन्,‘ प्रदेशका मुख्य मन्त्रीज्यूहरूको दबाब थेग्न नसकेर प्रधानमन्त्रीज्यूले १५ दिन भित्र प्रहरी कर्मचारीहरूलाई प्रदेशमा समायोजन गर्न निर्देशन दिनु भएको कुरा सञ्चार माध्यमबाट सुसूचित भयो । जसरी अहिले समायोजन गर्न लागिएको छ, त्यसले ठुलो सङ्ख्यामा रहेको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकहरूको वृत्ति विकासमा नराम्रो असर पर्ने सुनिश्चित छ।’

राणाले प्रदेश प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू केन्द्र मातहत रहने भए पछि जिल्लाको शान्ति सुरक्षाको जिम्मा कसले लिने भन्नेमा अन्योल देखिएको उल्लेख गरेका छन् ।

उनले हतारमा समायोजन गरेर पछि पछुताउनु भन्दा हाल पूर्व मुख्य सचिव लीलामणि पौडेलज्यूको संयोजकत्वमा गठित समितिले पनि यस सम्बन्धमा काम गरिरहेको हुँदा केही समय कुर्नु नै बेस हुने बताएका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट