काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी ४० लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दोलखाको बैतेश्वर नगरपालिका-३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध छ ।
फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै प्रतिव्यक्ति १७ लाख गरी ४० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको आरोपमा प्रकाउ परेका हुन् ।