फ्रान्स पठाइदिन्छु भनी ४० लाख ठगी गरेको आरोपमा दोलखाको एक पुरूष पक्राउ

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० २१:0४
फ्रान्स पठाइदिन्छु भनी ४० लाख ठगी गरेको आरोपमा दोलखाको एक पुरूष पक्राउ

काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी ४० लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दोलखाको बैतेश्वर नगरपालिका-३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ बस्‍ने ५० वर्षीय  सुरेश कुमार पाख्रिन रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध छ ।

फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १७ लाख गरी ४० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको  आरोपमा प्रकाउ परेका हुन्  ।

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० २१:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट