एक युवकद्वारा आत्मदाहको प्रयास

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ ३०, २०८० २0:0५
एक युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौँ । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा आन्दोलन गर्दै आइरहेका छन् । मंगलबार नागरिकताविहीन कामतले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको हाे । उद्धारपछि उनलाई  उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ ३०, २०८० २0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट